६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए सचिवमा कोरियाबाट डा. देवी बस्नेतको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७८, आईतवार १५:४९

दक्षिणकोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर तेस्रो सातामा हुने १० औं महाधिवेशनमा सचिव पदमा डा. देवी बस्नेतले उम्मेदवारी दिने भएका छन् ।

डा. बस्नेत बरिष्ट वैज्ञानिकको रुपमा कोरियामा कार्यरत छन् । उनले गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्यको रुपमा तीन कार्यकाल जिम्मेवारी समालेका छन् ।

संखुवासभामा जन्मिएका डा. बस्नेतले सन् २००५ मा कोरियाको सनमुन विश्वविद्यालयबाट विद्यावारीधी गरेका हुन्। उनी विगत १५ बर्ष देखि बिभिन्न सामाजिक काममा संलग्न छन् ।
उनले अनुसन्धान पत्र ब्याक्टेरियाको जीन इनजिनियरिङ गरि औषधी बनाउने सम्बन्धमा एक दर्जन भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय सोधपत्रहरु प्रकाशन गरेका छन् ।

उनीले एनआरएनए दक्षिण कोरियाको संस्थापक उपसभापति (सन् २००६) हुदै महासचिब तथा तीन कार्यकाल सम्म संरक्षक हुदाँ विभिन्न नौला र रचनात्मक कामहरुको शुरुआत गरेका थिए । उनकै सकृयतामा बुद्ध नेपाल अभियान र पहिलो पटक अनलाइन भोटिङको सुरुआत गरिएको थियो ।

डा. बस्नेतकै सकृयतामा कोरियामा नेपाली माईग्रेन्टहरु लागि काउनसेलिङ संचालन गर्नको लागि ब्यक्तिगत वा संस्थागतरुपमा सन् २०१३ बाट सुरुआत गरी कोरियाको बिभिन्न ठाउँहरुमा घुम्ति संचालन गरिएको थियो ।

डा. बस्नेतले गैरआवासीय नेपाली संघको एनआरएनए एसिया प्यासीफिकको पहिलो विज्ञ सम्मेलनको संयोजक भई कार्यसंपादन समेत गरेका थिए । उनले ‘कोभिड १९’ को संकटको बेलामा कोरियाबाट अतिआवश्यक सामाग्रीहरु पठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।