१५ बैशाख २०८१, शनिबार
Follow Us

म्यानचेष्टर सिटी पहिलो खेलमै पराजित

नेपालब्रिटेन संवाददाता
३२ श्रावण २०७८, सोमबार ०४:०८

लन्डन । इंग्लिस प्रिमियर लिग फूटबलमा साविक विजेता म्यानचेष्टर सिटी पहिलो खेलमै पराजित भएको छ । गएराति सम्पन्न सिजनको आफ्नो पहिलो खेलमा सिटी टोटेनह्यामसँग १–० ले पराजित भएको हो ।

घरेलु मैदानमा टोटेनह्यामको जितमा ह्युङ मिन सनको गोल नै निर्णायक बन्यो । उनले ५५ औं मिनेटमा स्टिभन वर्गविनको पासमा गोल गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा वेष्टह्याम युनाइटेडले न्यूक्यासल युनाइटेडमाथि ४-२ को जित निकाल्यो ।