७ बैशाख २०८१, शुक्रबार
Follow Us

महिलाबाट महिला बलात्कारको नजीर

नेपालब्रिटेन डट कम्
४ माघ २०७३, मंगलवार ०५:५७

काठमाडौं । महिलाबाट महिला बलात्कृत हुनसक्दैनन्, यो हाम्रो विश्वास हो तर सर्वोच्च अदालतले पौष २८ गते बलात्कृत हुनसक्छन् भन्ने नजीर कायम गरेको छ । यो ऐतिहासिक फैसला न्यायाधीश सपना प्रधान मल्ल र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले सुनाएको हो । अव महिलाले महिला बलात्कार गर्न सक्ने देखियो ।
२०६७ साल फागुन २२ गते मोरङका प्रेमी लाक्पा शेर्पा प्रेमिका यमुना भेट्न संखुवासभा पुगे । प्रेमिकासग मामाघर पुगेका दुबे मामाघरमै बसे र राति सगै सुते ।
भोलिपल्ट छिमेकीले लाक्पा त केटा हो भनेर हल्ला चलाएपछि पुलिसकेस भयो र छानबिनका क्रममा दुबैजना केटी भएको पत्ता लाग्यो । लाक्पाले कृत्रिम लिङ्ग बनाएर
बलात्कार गरेको सवालमा सर्वोच्चले नजीर कायम गरेको हो । सर्वोच्चले लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७२ ले महिलाबाट महिला बलात्कार हुनसक्ने अवस्था रहेको व्याख्या गरेको हो । जबर्जस्ती करणी कायम हुनको लागि प्राकृतिक लिङ्ग मात्र नभई अन्य वस्तुको पनि प्रयोग हुनसक्छ भन्ने अवधारणालाई हाम्रो कानुनले पनि स्वीकार गरेको देखिन्छ ।