१५ बैशाख २०८१, शनिबार
Follow Us

अफ्गानिस्तानमा रहेका नेपालीको उद्धार गर्न एनआरएनएले सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७८, मंगलवार ०७:१७

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएन) ले आफ्नै खर्चमा जहाज चार्टर्डमार्फत अफगानिस्तानको काबुलबाट नेपालीहरुको उद्धार गर्ने जनाएको छ । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा बद्री केसीका अनुसार सोमबारको सचिवालय बैठकमा काबुलबाट नेपाली फर्काउने विषयमा छलफल भएको थियो ।

संघले आफ्नै खर्चमा एउटा जहाज काबुल पठाउने विषयमा बालुवाटारमा बसेको बैठकमा छलफल भएको थियो । बैठकमा संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष सोनाम लामा, रविना थापाको सहभागीता थियो । यस विषयमा संघको हिजो (मंगलबार) पुनः बैठक बस्ने बताइएको छ ।