१५ बैशाख २०८१, शनिबार
Follow Us

गोर्खा आन्दोलनः आमरण अनसन बसेका धन गुरुङ अस्पतालमा

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७८, मंगलवार २२:१२

लन्डन । समान पेन्सन र अधिकारको माग गर्दै आमरण अनसनमा बसेका एक भूपू गोर्खा स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

बेलायती प्रधानमन्त्री कार्यालय बाहिर ११ दिनदेखि अनसनरत धन गुरुङलाई मंगलबार साँझ उपचारको लागि अस्पताल लगिएको हो ।

गुरुङको स्वास्थ्यमा गम्भीर समस्या भएपछि एम्बुलेन्स बोलाएर उनलाई लन्डनस्थित सेन्ट थोमस अस्पताल पठाइएको गोर्खा सत्याग्रह संघर्ष समितिले जनाएको छ।

गुरुङले स्वास्थ्य अवस्था गम्भीर बन्दा समेत अस्पताल जान इन्कार गरिरहेपनि आफूहरुले जबरजस्ती पठाएको घिसिङले बताए ।

गुरुङलाई अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने वा सामान्य चेकजांच र उपचार गरी फर्काइने भन्ने अझै निश्चित नरहेको सत्याग्रह समितिले जनाएको छ ।

अनसनमा गोर्खा सत्याग्रह समितिका अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्प घले आमरण अनसनमा छन् ।