१३ बैशाख २०८१, बिहीबार
Follow Us

नितिनको ‘कसम हो कसम’मा सुधिर र नग्माको रोमान्स

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७८, मंगलवार २२:१९

काठमाडौं । लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘कसम हो कसम’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतमा मुनाल शिशिर कोइरालको शब्द तथा दीपकराज बिश्वकर्माको संगीत रहेको छ ।

नितिनलाई गीत गायनमा गायिका अनु चौधरीले साथ दिएकी छन् ।

मायाप्रेमका शब्दहरु समेटिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र नग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा आकर्षक रुपमा प्रेमकथा देखाउन खोजिएको छ ।
मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा बिष्णु खड्का सम्पादन छ । हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युवबाट सार्वजनिक भएको हो ।