१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए युरोप महिला संयोजकमा बर्षा खड्काले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७८, बुधबार ०३:४७

नेदरल्यान्ड्स । नेपाली कला संस्कृतिलाई प्रवर्धन र संरक्षण गर्नकालागी बिगत लामो समयदेखि निरन्तर अभियानमा लागेकी नेपाली कलाकर्मी नायिका बर्षा खड्काले युरोप महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी छन् ।

नेपाली सिनेक्षेत्रमा निरन्तर महत्वपूर्ण भूमिकामा अभिनय गर्दै नेपाली कला संकृति र सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएकी खड्का गैर आवासीय नेपाली संघको सामाजिक अभियानमा समेत विभिन्न पदमा रहेर सफलतापुर्वक आफ्नो पदीय दाईत्व निर्वाह गरिसकेकी छिन ।

बर्षा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको निवर्तमान महिला उपाध्यक्ष, अन्तरास्ट्रिय नेपाली कलाकार समाज (ईनास) कि सल्लाहकार साथै नेपाल म्युजिक फाउण्डेसनकी अध्यक्ष समेत हुन् ।

एनआरएनएको विभिन्न अभियानहरुमा प्रत्यक्ष सहभागिता जनाउदै आएकी खड्काको युरोपभरी कलाकार मात्र नभएर सामाजिक अभियन्ताको रुपमा समेत ख्याती कमाएकी छन् ।

बर्षाको उम्मेदवारीले महिलाहरुको आवाज र अधिकारका निम्ति र नेपाली कला र संकृतिका जगेर्नाको निम्ति कोशेढुंगा साबित हुनेमा दुईमत नरहने सामाजिक अभियन्ताहरुले ठहर गरेका छन् ।

प्रवासमा रहेरपनि नेपाली कला र संस्कृतिलाई निरन्तरता दिदै एनआरएनएको सामाजिकअभियानमा अझ सक्रिय रहेर काम गर्ने अठोटका साथ आगामी अक्टुबरमा हुन गैरहेको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालकोलागि युरोप महिला संयोजकमा उम्मेदवारी घोषणा गरेको खड्काले बताएकी छन् ।