१६ चैत्र २०८०, शुक्रबार
Follow Us

तोडियो गोर्खा आमरण अनसन (भिडियो)

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७८, बिहीबार २०:०३

लन्डन । समान अधिकारको मागसहित भूतपूर्व गोर्खाहरुले लन्डनमा गरेको आमरण अनसन अन्त्य गरेको नेपाली दूतावास लण्डनले जनाएको छ।

दूतावासका अनुसार गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्तात्रय ज्ञानराज राई, धन गुरुङ र पुष्प राना घलेले बेलायती प्रधानमन्त्रीको कार्यालयबाहिर आमरण अनसन बसेको तेह्रौं दिनमा बिहीबार अनसन तोडेका हुन् ।

अनसन तोडाउन बेलायत सरकारका ‘भेट्रान मिनिस्टर’ लियो डोचेर्टी र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी अनसन स्थल पुगेका थिए ।

सहमति अनुसार आगामी सेप्टेम्बर ८ मा बेलायत सरकारका अधिकारी र नेपाली अधिकारी तथा गोर्खाहरुबीच प्रारम्भिक छलफल हुने र डिसेम्बर महिनाबाट वार्ता शुरु हुने बताएको छ ।

बेलायत सरकारका ‘भेट्रान मिनिस्टर’ लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले सत्याग्रहीहरुलाई जुस पिलाएर अनसन तोडाएका थिए ।