१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा एक नेपाली युवाको झरनामा खेल्ने क्रममा डुबेर मृत्‍यु

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७८, बिहीबार २०:१८

लन्डन । बेलायतमा एक नेपाली युवाले पानीमा डुबेर ज्यान गुमाएका छन् । बेलायतको फार्नबरो बस्दै आएका २८ वर्षीय हेमन्तकुमार राईको अगस्ट १६ सोमबारका दिन वेल्सस्थित एक पानीको झरनामा खेल्ने क्रममा डुबेर मृत्‍यु भएको बेलायती प्रहरीले जनाएको छ ।

घुम्नका लागि साथीहरुसँग वेल्स पुगेका उनी त्यहांको ग्लाइनिथस्थित पोन्टनेडफिकान झरनामा पुगेका थिए ।

‘झरनाको पानीमा पसेपछि उनी अफ्टेरोमा परेको र केहीबेरमै स्थानीय प्रहरी, उद्धारकर्मी र एम्बुलेन्स पुग्दा मृत्‍यु भइसकेको’ प्रहरीले बताएको छ ।

मृतक राईको परिवारनिकट स्रोतका अनुसार उनी पूर्व गोर्खाका छोरा हुन् । बेलायतकै एक विश्वविद्यालयबाट उनले हालै इन्जिनियरिङको अध्ययन पूरा गरेका थिए ।

राईको मृत्‍युको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले घटनाबारे कुनै जानकारी भए सम्पर्कमा आउन अपिल गरेको छ ।