८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए पूर्वअध्यक्ष जीवा लामिछानेलाई कोरोना संक्रमण

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७८, शुक्रबार ०१:५६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेलाई कोरोना संक्रमण देखिएको छ ।

लामिछानेले शुक्रवार विहान आफ्नो फेसबुक टाइमलाइन मार्फत कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् ।

उनी केही सातादेखी नेपालमा रहेका छन् । ‘कोरोना पोजेटिभ’ परिक्षण भए पनि अहिलेसम्म कुनै कोरोनाको लक्षण नदेखिएको उनले जनाएका छन् । उनी अहिले घरमै क्वारेन्टाइनमा रहेका छन् । उनले दुवै डोज खोप लिइसकेका छन् ।

उनले पछिल्लो केहि दिन सम्पर्कमा आएहरुलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन् ।

विगत केही दिन देखी लामिछानेले गैरआवासीय नेपाली संघका बिभिन्न मुद्धामा प्रधानमन्त्री शेर बहादुर देउवा लगायत उच्चस्तरिय सरकारी भेटघाट समेत गरेका थिए ।