४ बैशाख २०८१, मंगलवार
Follow Us

एमालेले समर्थन नगरे पनि दुईतिहाई पुग्छ : गृहमन्त्री निधि

नेपालब्रिटेन डट कम्
४ माघ २०७३, मंगलवार १२:३९

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले गैर जिम्मेबार रुपमा प्रस्तुत हुनुभन्दा संसोधनमा सहभागि भइ निर्वाचनको माहोल बनाउन आग्रह पनि गरे । संबिधान संसोधनपछि मधेसी मोर्चा र संघीय गठबन्धनको सहमतिमा नै स्थानीय निकायको चुनावको मिति घोषणा छिट्टै गरिने निधिले बताए ।
संसदमा पेस भएको संविधान संशोधन विधेयक एमालेले समर्थन नगरेपनि दुई तिहाइ बहुमतले पारित हुने दावि निधिको छ । प्रमुख प्रतिपक्षी दल एमाले गैरजिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाउदै उनले संशोधनको पक्षमा ल्याउन सरकारले प्रयास भने जारी राखेको बताए ।