१६ चैत्र २०८०, शुक्रबार
Follow Us

टोटनहामलाई स्तब्ध पार्दै पाकोस दि फेरिरा विजयी

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०७८, शुक्रबार ०८:५२

लन्डन । युरोपा इङलिस कन्फेरेन्स लिगको पहिलो प्ले अफमा टोटनहामलाई स्तब्ध पार्दै पाकोस दि फेरिरा विजयी भएको छ ।

बिहीबार राति सम्पन्न खेलमा फेरिराका लुकास डि सिल्भाले ४५ औ मिनेटमा टोटनहाम विरुद्ध मात्र १ गोल गरेका थिए । अप्रत्यासित यो हारसंगै अघिल्लो खेलमा विजयको दावेदार मानिएको म्यानचेष्टर सिटीलाई पराजित गरी अघि बढेको टोटनहामको विजयी यात्रामा धक्का लागेको छ । लुकास सिल्भाले क्रिष्चियान रोमेरोले निकालेको पासलाई सिधै गोलमा परिणत गरेका थिए ।

टोटनहामले राम्रो खेलेपनि गोल गर्ने मौका निकाल्नबाट भने चुकेको थियो ।