१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए मध्यपूर्व उपसंयोजकमा मरासैनीको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७८, शुक्रबार १३:५६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व उपसंयोजकमा बालकृष्ण मरासैनीले उम्मेदवारी दिने भएका छन् । मरासैनी ८ बुँदे प्रतिबद्धता सहित आफ्नो उम्मेदवारी अघि सारेका हुन् । उनले युवा सहभागिता तथा पुस्तान्तरण, मर्यादित र सुरक्षित रोजगारी, एक एनसिसि एक अभियान, लगायतका अजेण्डा अघि सारेका छन् ।

गैर आवासीय नेपाली संघ -एनआरएनए_ को आसन्न दशौँ बिश्व सम्मेलन तथा महाधिवेशन भर्चुअल माध्यमबाट आगामी अक्टोबर २३ देखि २५ तारिक सम्म हुँदैछ । यो अधिबेशनमा बिश्वभरीका एनआरएनए कर्मीहरुले भाग लिदै २०२१(२०२३ कार्यकालको लागि नयाँ सक्षम नेतृत्व छनौट गर्नेछन् ।

यस्ता छन मरासैनीका प्रतिबद्धता

१) संस्थामा युवा सहभागिता तथा पुस्तान्तरण हुँदै गर्दा संस्थामा मर्यादा र अनुशासन कायम राख्न मध्यपूर्बका हरेक एनसीसीहरुमा संस्था स्थापना देखि लाग्नु भएका अग्रजज्यूहरुलाई कुनै न कुनै भूमिकामा समेट्दै सल्लाह सुझाब र मार्गदर्शन सहित् सामाजिक कार्यमा युवा जागरण अभियान सन्चालन गर्नेछु ।
२) संस्थालाई शुद्धिकरण गर्दै अगाडि बढ्नका लागि नेपाली समुदाय तथा अन्य संघ सस्थाहरुसँग परामर्श गर्दै सामाजिक कार्यमा सहकार्यका निमित्त पहल गर्ने छु ।
३) बैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्बमा आउने नेपाली कामदारहरुका लागि मर्यादित र सुरक्षित रोजगारीको निमित्त जनचेतना अभियान सन्चालन गर्ने ।
४) बैदेशिक रोजगार पश्चात नेपाल फर्कने नेपालीहरुका लागि संस्थागत तवरबाट स्वरोजगार सुनिश्चितताको लागि पहल गर्ने ।
५) बैदेशिक रोजगार आउनु पुर्व गन्तब्य देशमा अपनाउनु पर्ने नियम कानुन तथा सुरक्षा नीति सम्बन्धि तालिमका लागि संस्थागत पहल गर्ने ।
६) सुरक्षित बचत तथा बिप्रेषणका निमित्त बिगतमा संस्थाले चालेका अभियान तथा दिर्घकालिन योजनाहरुलाई आधुनिकीकरण सहित मूर्तरुप दिन पहल गर्ने ।
७) संस्थाको पुरानै अभियान एक एनसिसि एक अभियानलाई पूनर्जागरण सहित श्रमदानका निमित्त नेपालमा युवा जागरण अभियान सन्चालन गर्ने ।
८) बैदेशिक रोजगारीमा मध्यपूर्बमा रहेका नेपालीहरुको समस्याको दिर्घकालिन समाधानको लागि आवश्यक पहल गर्ने ।
अत: एनआरएनए लाई राम्रो र मर्यादित बनाउन हजुरहरुको सुझाबको अपेक्षा पनि राख्दछु।