७ बैशाख २०८१, शुक्रबार
Follow Us

म्यानचेस्टर सिटीद्वारा नरिच सिटी पराजित

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०७८, आईतवार ०६:१९

लन्डन । इंग्लीश प्रिमियर लिगमा गएराति म्यान्चेस्टर सिटीले नरिच सिटीलाई ५–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन ज्याक ग्रिलिश, रियाद माहारेज, आयमेरिक लापोर्ते र राहिम स्टर्लीङले एक एक गोल गरे ।

अर्को एक गोल नरिचका गोलकिपर टिम क्रुलले आत्माघाति स्वरुप गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले बर्नेलेमाथि २–० को जित निकाल्दा एस्टन भिल्लाले न्युकासल युनाईटेडलाई २–० ले नैं हरायो ।

यसैगरी लिड्स युनाईटेड र एभर्टनले २–२ गोलको बराबरी खेल्दा क्रिष्टल प्यालेस र ब्रेन्टफोर्डले गोलरहित बराबरीमा चित्त बुझाए ।

प्रिमियर लिगमा आज ारती तिन खेल हुनेछन् । आज साउथह्याम्पटनले म्यान्चेस्टर युनाईटेडसँग खेल्दा वुल्भरह्याम्पटन र टोटनह्याम तथा आर्सनल र चेल्सी भिड्नेछन् ।