१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लोकगायक गणेश गुरुङले सुगम शैलीमा गाए ‘पिपलु छायाँ…..’

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०७८, आईतवार ०६:२०

काठमाडौं । लोकदोहोरी गायनसंगै कौडा गीत गायनको क्षेत्रमा राम्रै ख्याती कमाएका गायक गणेश गुरुङको नयाँ गीत ‘पिपलु छायाँ’ सार्वजनिक भएको छ ।

गुरुङको आफ्नै आधिकारिक युट्युब च्यानल गणेश गुरुङबाट शनिबार साँझ गीत सार्वजनिक भएको हो।

गण्डकी प्रदेशमा बढी प्रचलित कौडा (चुड्का) गीत गाएर लोकप्रियता हाँसिल गरेका गुरुङले यस पटक परम्परागत धारभन्दा फरक गीत दर्शक, स्रोता सामु पस्केका छन । गीत ‘पिपलु छायाँ’ मा गायिका बिद्या गुरुङको स्वर पनि सुन्न पाइन्छ ।

गायक गणेश गुरुङको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा निर्देशन गुरुङ चलचित्रका चर्चित निर्देशक प्रितम गुरुङको निर्देशन रहेको छ ।

म्युजिक भिडियोमा गणेश गुरुङसँगै गायिका बिद्या गुरुङ, आईतराम गुरुङ, सुन्दर लामा, जोनिशा गुरुङ, अस्मिता गुरुङ र प्रेरणा गुरुङको अभिनय देख्न सकिन्छ ।