११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए सचिवमा गंगाधर गौतमकाे उम्मेद्वारी

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७८, आईतवार १८:२१

लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं महाधिवेशनमा समावेशी एनआरएनको मुद्धा अघि सारेर एनआरएनए बेल्जिमका पूर्ब अध्यक्ष गंगाधर गौतमले सचिवमा उम्मेद्वारी दिने भएका छन्।

राजनैतिक ब्याक्तिले नेतृत्व गर्ने भए पनि सिङ्गो नेपाली डायास्पोराको साझा संस्था भएको हुदाँ संस्थालाई सबै बिचार,बर्ग,समुदायको समाबेशी रुपमा अगाडि बढाउदै महिला तथा दोस्रो पुस्ताका नेपालीहरुलाई याे अभियानमा सहभागी गराउन युबा मैत्री वातावरण बनाउनका लागि आफूले सचिवमा उम्मेद्वारी दिने गाैतमको भनाई छ।

आफूहरुले नेपाली नागरिकताको निरन्तरताका लागि पहल गर्ने उनले बताए। एनआरएनए बिधान संशोधन समितिका उपसंयोजकसमेत रहेका गौतम त्यसका लागि सरकार र राजनीतिक तहमा छलफल गरी निकर्षमा लैजाने नेतृत्व आजको खाँचो भएको बताउँछन्।

आगामी अक्टोबर २३ देखि २५ सम्म एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं महाधिवेशन हुँदैछ। ८३ मुलुकका एनआरएनए आबद्ध सदस्यहरुले पहिलो पटक अनलाईनबाट नेतृत्व चयनका लागि मतदान गर्दैछन्। सचिवका उम्मेद्वार गौतमले मतदानमा सहभागी हुन सबै प्रतिनिधिलाई आह्वान गर्दै समाबेशी लोकतान्त्रिक एनआरएन बनाउनु पर्नेमा जोड दिएका छन्।

नेवि संघ बागलुङका पूर्ब अध्यक्ष गौतम माओवादी द्धन्दका कारण बिस्थापित भएका थिए। बिदेशिएसँगै युरोप जनसम्पर्क समिति गठनमा सहभागी भएका थिए। जनसम्पर्क समिति बेल्जियमका संस्थापक महामन्त्री गौतम युरोप च्याप्टरका महामन्त्री पनि हुन्। गौतम बिभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन्। गौतम नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक हुन्।