११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनएको महिला सचिवमा हङकङकी राधिका गुरुङको उम्मेद्वारी

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७८, सोमबार ०१:०३

नयाँ नेतृत्व चयन गर्न गैर आवासिय नेपाली संघ ‘एनआरएनए’को चुनाव आगामी अक्टोबर २३ तारिखदेखि शुरु हुदैँछ।

विश्व सम्मलेन तथा एनआरएनएको चुनावका लागि पदका आकांक्षीहरुले आ -आफ्नो उम्मेद्वारी घोषणा गर्नेक्रम चलिरहेको छ।

यसैबीच हङकङ एनआरएनए एनसिसिका निवर्तमान अध्यक्ष राधिका गुरुङ ‘टीका’ले आइसिसि महिला सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन।

उनले हङकङ एनआएरएनको नेतृत्व २ पटक गरिसकेकी छिन।

हङकङमा बसोबास गर्ने नेपाली र अन्य मुलका नागरिकहरुसँग सहकार्य र समन्वय गर्दै हङकङमा भइ परिआउने प्राकृतिक विपद टाईफुन, आगलागी जस्ता घटनाहरुमा सहयोग तथा उद्धार जस्ता कार्यहरुको अभियानमा उनी निरन्तर लागिरेकी छिन।

उनले हङकङ सरकारले बिरलै प्रदान गर्ने चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटि सर्भिस पदवीबाट सम्मानित भइसकेकी छिन।

कोभिड १९ को कारण नेपालका अस्पतालहरुमा अक्सिजन समस्या समाधानका लागि हङकङ एनआरएनको पहलमा विभिन्न आर्थिक संकलन गरि ५० थान दश लिटर क्षमताको अक्सिजन कन्सन्टेटर र १७ लाख मास्क नेपालमा दिलाउन उनले अभियान चलाएकी थिइन।

लामो समय देखि अल्झिएको नागरिकता समस्या समाधान र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको संरक्षण र हितमा निति निर्माण र कार्यान्वयनमा आफू लाग्ने उनले बताइन।