१३ बैशाख २०८१, बिहीबार
Follow Us

यूके लगायत ८ देशका एनआरएनए प्रतिनिधी विवाद टुंग्याउने पदाधिकारी बैठकको निर्णय

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७८, सोमबार १६:५२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न दशौं विश्व सम्मेलनका लागि विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा देखिएको प्रतिनिधि छनोट विवाद टुंग्याउने निर्णय भएको छ।

सोमबार संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतमा ८ घण्टा लोमो पदाधिकारी भर्चुअल बैठकले विवाद टुंग्याउने निर्णय गरेको हो।
संघका अध्यक्ष कुमार पन्तले बैठकमा प्रतिनिधि छनोट सम्बन्धी विवाद अन्त्य गर्न बैठक केन्द्रीत भएको जानकारी दिए।

प्रवक्ता डिबी क्षेत्रीले सर्वसहमतिबाट विधान अनुरुप विवाद टुंग्याउने निर्णय भएको बताए। ‘बैठकले नमिलेका, विवाद देखिएका विषयलाई विधानबमोजिम समाधान गर्नेमा सहमति जुटाएको छ,’ प्रवक्ता क्षेत्रीले भने।

संघको संसोधित विधानमा एनआरएनए अभियानमा शुरुदेखि नै सक्रिय रहेका मध्येबाट ६५ प्रतिशत महाधिवेशन प्रतिनिधिका रुपमा छनोट गर्नुपर्ने प्रावधान छ। यस्तै २५ प्रतिशत प्रतिनिधि राष्ट्रिय समन्वय परिषद ९एनसीसी० बाट निर्वाचित हुनुपर्ने वैधानिक प्रावधान छ । यसैगरी बाँकी १० प्रतिशत प्रतिनिधि कार्यसमितिले मनोनित गर्ने प्रावधान विधानमा राखिएको छ।

नयाँ प्रक्रिया अनुसार प्रतिनिधि छनोट गर्ने विषयमा अमेरिकालगायत विभिन्न ८ देशमा विवाद सिर्जना भएको थियो। तर, बैठकले यी विषयलाई तुरुन्तै विधानबमोजिम समधान गर्ने निर्णय गरेको हो।

यूके विवाद पनि मिल्ने
पदाधिकारी बैठकले पछिल्लो बैठकले गैरआवासीय नेपाली संघ यूकेको प्रतिनिधी विवाद समेत साम्य हुने देखिएको छ । पछिल्लो निर्णय अनुसार ६५ प्रतिशत अन्तरर्गत निर्वमान कार्यसमितिको सिफारीसका प्रतिनिधीहरुले बैधानिकता पाउने भएका छन् । यस्तै १० प्रतिशत अध्यक्ष प्रेम गाहामगरको सिफारीसका प्रतिनिधीहरुले मान्यता पाउने छन् भने बाँकी २५ प्रतिशत निर्वाचन प्रकृयाभित्र आएका प्रतिनिधी मध्येबाट छनोट हुने छन् ।