१३ बैशाख २०८१, बिहीबार
Follow Us

लरीको ठक्करले बेलायतमा तीन जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७८, मंगलवार ०१:११

लण्डन । एउटा मालवाहक लरीको ठक्कारले तीन जनाको मृत्यु भएको छ । वेलायती प्रहरीका अनुसार सो लरीले मिनीबस र कारलाई एम ट्वानिटफाइभ मोटर वेमा सोमवार साँझ ठक्कर दिएको थियो । घट्नामा दुई जना पक्राउ परेका छन् । दुर्घटनामा परेका अर्का एक घाइते व्यक्ति अस्पताल भर्ना भएका थिए ।
प्रहरीले चालकको लापार्वाहीका कारण सो दुर्घटना भएको आसंका गरेको छ ।