४ बैशाख २०८१, मंगलवार
Follow Us

पतिसँग यौन सम्पर्क नराख्न अपिल

नेपालब्रिटेन डट कम्
५ माघ २०७३, बुधबार ०६:१५

केन्याका एक सांसदले महिलाहरुसँग आफ्ना पतिसँग यौन सम्पर्क नराख्न अपिल गरेका छन् । अगस्ट ८ मा हुने निर्वाचनमा आफ्नो नाम मतदाता सूचिमा नराखेसम्म पतिलाई यौन सम्पर्क गर्न नदिन अपिल गरिएको छ । महिला सांसद मिसी मबोले यस्तो अपिल गरेकी हुन् । उनी तटीय सहर मोम्बासाकी महिला प्रतिनिधि हुन् । उनले भनिन्, ‘महिलालाई पनि निर्वाचनमा सहभागी गराउने यो महत्वपूर्ण रणनीति हो ।’ मबोले भनिने, महिलाका लागि असल रणनीति हो, महिलाहरुले जबसम्म मतदाता परिचयपत्र बनाउन श्रीमान्ले सहयोग गर्दैनन, तबसम्म उनीहरुलाई सेक्सबाट बन्चित राख्नुपर्छ ।
मतदाता परिचयपत्र बनाउने समयसीमा १७ फ्रेब्रुअरीसम्म छ । मबोले भनिन, यौन एउटा शक्तिशाली हतियार हो, यसले महिलाहरुलाई मतदाता परिचयपत्र बनाउन मद्दत गर्नेछ । गत सोमबार मात्र मतदाता परिचयपत्र बनाउने सुरु भएको छ । स्टन्र्डड अखवारमा छापिएको खबरअनुसार महिलाहरुलाई पहिले नै मतदाता परिचयपत्र बनाइदिने पुरुषको हकमा यो अपिल लागू हुने छैन । केन्यामा उहुरु केनयट्टा दोश्रो कार्यकालका लागि चुनाव लड्दै छिन् ।