September 19, 2021
12:38 AM | 5:23 AM
कला तथा मनोरन्जन

हिमालको ‘भुलिदेउ’मा पुर्ण र लक्ष्मी

  27/08/2021 मा प्रकाशित

काठमाडौँ । हाल अमेरिकामा रहेका गायक हिमाल सागरले आफ्नो नयाँ म्युजिक भिडियो ‘भुलिदेउ’सार्वजनिक गरेका छन्। गीतमा संगीत स्वयम् गायक हिमाल सागरको नै रहेको छ। सेण्टिमेण्टल भर्सनको यस गीतलाई रोहन पौडेल जनकले लेखेका हुन्। गीतमा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ।

अमेरिकामा नै छायांकन भएको म्युजिक भिडियोमा पुर्ण लम्साल, गायक हिमाल सागर र लक्ष्मी ओली फिचर्ड छन्। लक्ष्मीले यसै भिडियो मार्फत अभिनयमा डेब्यु गरेकी हुन्। शैलेश घलेले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।

१ महिना अघि ‘तिमी छौ र’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका पुर्ण र हिमाल सागर को सयुक्त च्यानल ‘पी एण्ड एच प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया