१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सी बराबरी

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७८, आईतवार ०४:३९

लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबर खेलेका छन् । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित चेल्सीसँग १-१ गोलको बराबरीमा खेलेको हो ।

पहिलो हाफको अन्तिम समयमा मोहमद सलाहले पेनाल्टीबाट गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

रेफ्रीले रीस जेम्सलाई रातो कार्ड दिँदै मैदानबाट बाहिरसमेत पठाएका थिए । जेम्सले साडियो मानेको प्रहार गोललाइनबाट हातले क्लियर गरेका थिए।

बराबरीसँगै लिभरपुलले ३ खेलबाट ७ अंक जोडेको छ। लिभरपुल तालिकाको तेस्रो स्थानमा रहेको छ।

चेल्सीले पनि ३ खेलमा ७ अंक जोडेको छ । चेल्सी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

राति नै भएको अन्य ५ खेलमा एस्टन भिल्ला र ब्रेन्टफोर्डले १-१ को बराबरी खेले । घरेलु टोली ब्राइटन एभर्टनसङ २-० गोल अन्तरले पराजित भयो ।

न्युक्यासल र साउथह्याम्पटनले २-२ को बराबरी खेल्दा लेस्टर सिटीले नर्विच सिटीलाई २-१ गोल अन्तरले पराजित गर्‍याे । यस्तै बेस्ट हम युनाइटेड र क्रिस्टल प्यालेसले २-२ को बराबरी खेले ।