October 28, 2021
2:25 PM | 7:10 PM
डायस्पोरा

आज लण्डनमा ‘नेपाली मेला’

  29/08/2021 मा प्रकाशित

लण्डन । तमुधिं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा आज (आइतबार) लण्डनमा नेपाली मेलाको आयोजना हुदैंछ। मेलामा विशेषगरी बेलायतस्थित नेपाली संघसस्थाहरूले नेपाली झाँकीहरू प्रस्तुत गर्ने छन् ।

करिब तीन हजार भन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको सो मेलामा नेपाली मौलिक भेषभूषादेखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतोलगायतका सामग्री पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

मेलमा करिब दुई दर्जन नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभूषा झल्कने विभिन्न झाँकी र नृत्य प्रस्तुत गर्ने तयारी गरेका छन् । लन्डनस्थित केम्प्टनपार्क रेस कोर्समा हुने मेलामा प्रस्तुत झाँकीमध्ये उत्कृष्ठ विजेतालाई एम्बासडर कपसहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। नेपाली मेला तमुधिं यूकेले सन २००९ देखि हरेक वर्ष हुँदै आएको छ।

प्रतिक्रिया