७ बैशाख २०८१, शुक्रबार
Follow Us

सिंह र खड्कालाई मन्त्री पदको सपथ गराइदै

नेपालब्रिटेन डट कम्
६ माघ २०७३, बिहीबार ०७:००

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रीमण्डल विस्तार गर्दै छन् । प्रधानमन्त्रीले साना दलका तर्फबाट समाजबादी जनता दलका प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार खड्कालाई मन्त्री नियुक्त गर्न लागेका हुन् । उनीहरुको पद तथा गोपनियताको सपथ दिउँसो साढ २ बजे राष्ट्रपति कार्यालयमा हुने बताइएको छ । संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित गराउने आधार बलियो बनाउन प्रधानमन्त्री दाहालले विधेयकको खुलेर समर्थन नगरेका दलका नेतालाई मन्त्री बनाउन लागेका हुन् । सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् । दुवै मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका छन् । दुई मन्त्री थपिएपछि दाहाल अध्यक्षताको मन्त्रीमण्डल ४३ सदस्यीय हुनेछ । प्रधानमन्त्रीले राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई पनि सरकारमा भित्र्याउने कसरत गरिरहेका छन् ।