१५ बैशाख २०८१, शनिबार
Follow Us

राजेश राणालाई पुनर्वहाली गर्ने एनआरएनएको निर्णय

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७५, शनिबार १९:०२

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएन) को कार्यकारी निर्देशक पदमा राजेश राणा पुनर्वहाली हुने भएका छन् । गैरआवासीय नेपाली संघको शनिवार बसेको पदाधिकारी बैठकले राणालाई पुनर्वहाली गर्ने निर्णय गरेको हो । गैरआवासीय नेपाली संघ स्रोतका अनुसार राणालाई पुनर्वहाली गर्नु पर्ने प्रस्ताव उपाध्यक्ष कुमार पन्तले बैठकमा राखेका थिए । पन्तलेअदालतको फैसलालाई सम्मान गर्नु पर्ने तर्क राख्दै कानुनी सर्वोच्चताको सम्मान हुनु पर्ने विचार बैठकमा राखेका थिए ।

संघको अध्यक्ष भवन भट्ट अध्यक्ष भएर आएपछि राणालाई गत जनवरीमा जिम्मेवारी मुक्त गरिएको थियो । आफूलाई बिना कारण हटाइएको भन्दै राणा अदालत गएका थिए ।

राणालाई श्रम अदालतले गत असार ८ गते पुनर्वहाली गर्नु भनेर फैसला सुनाएको थियो । अदालतको फैसला बमोजिम राणालाई पुनः जिम्मेवारी दिने संघले निर्णय गरेको छ । बैठकले राणाको पुनर्वहालीको लागि आवश्यक प्रकृया अघि बढाउन संघको केन्द्रीय कार्यालय प्रमुख हेमन्त दवाडीलाई निर्देशन दिएको छ ।

बैठकमा केन्द्रीय कार्यालयमा कार्यरत वेवमास्टर हर्षिद श्रेष्ठका सम्वन्ध मिडियामा आएको समाचार वारे सत्य तथ्य उजागर गरि कार्यवाहीको प्रकृया अघि बढाउन कार्यालय प्रमुख दवाडीलाई अधिकार दिने निर्णय समेत भएको छ ।

राजेश राणालाई पुनर्वहाली गर्न अदालतको पत्र एनआरएन कार्यालयमा