१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युकेको एक महिला संयोजकमा तीन अनुहार, कसले मार्ला बाजी ?

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७६, बुधबार १९:२५

लण्डन । आगामी सेप्टेम्बर १४ का दिन हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको निर्वाचनमा महिला संयोजक पदमा ३ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । सो पदमा चर्चित एकजना नर्स, कलाकार एवं मोडल प्रसुना कंडेलले उम्मेदवारी दिने भएकी छन् । उनी नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी निवर्तमान अध्यक्ष समेत हुन् । सन् २००५ देखि बेलायत बस्दै आएकी प्रसुना नर्सिङ, च्यारिटी काम र मोडलिङमा सकृय छिन् ।

क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट उनी रोयल कलेज अफ नर्सिङको लर्निङ एण्ड डेभलप्मेन्ट एण्ड हेल्थ एण्ड सेफ्टी प्रतिनिधि पनि हुन् । प्रसुनाले युनिभर्सिटी अफ लन्डनबाट हेल्थ केयर लिडरसीपमा एमएससी गरेकी छन् ।

हाल एनआरएन युकेको सल्लाहकार प्रसुना नेपलिज वुमन एसोसिएसन यूके र नेपलिज ब्लड डोनर्स यूकेको महासचिव भइसकेकी छन् । अहिले उनी वुमन एसोसिएसनमा सदस्य छिन् ।
महाभूकम्प गएलगत्तै नेप्लिज नर्सिङ एसोसिएसन यूकेको एउटा टोलीको नेतृत्व गर्दै उनी धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर लगायत ९ वटा जिल्लामा अहोरात्र खटिएकी थिइन् ।
धादिङमा जन्मिएकी प्रसुनाले आफ्नो क्षेत्रमा पुर्याएको योगदान वापत कयौं अवार्ड पनि पाएकी छन् ।

यसैगरी क्षमता ढकालले समेत महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । नेपाली चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकालकी छोरी क्षमता नेपालको जावलाखेल निवासी हुन् भने हाल लण्डनको साउथ ह्यार्रोमा बस्दै आएकी छन ।
नर्सिङ होममा काम गरिरहेकी क्षमताले ट्यारोट कार्ड, वास्तु रेकी र स्टोनको विषयमा अध्ययन गरेकी छिन् । नाम अनुसारको काम भने जस्तै उनी मानिसहरुको भविष्यवाणी हेर्ने कार्यमा समेत व्यस्त रहेकी छिन् । उनी बेलायतस्थित नेपाली समाजिक संघसँस्थाको कार्यक्रममा नियमित सहभागि हुन्छिन् ।

यसैगरी गायिका, नाट्यकर्मी र समाजसेवी अञ्जु श्रेष्ठले पनि महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । पेशाले डेन्टल नर्स उनी विभिन्न सामाजिक कार्यमा पनि संलग्न छिन् ।
लन्डनमा रहेको बिभिन्न नेपाली संघ संस्थामा सदस्य, आजीवन सदस्य रहेकी उनी बुद्ध आमा समूह लन्डनकी कोषाध्यक्ष बुद्धिस्ट कम्युनिटी सेन्टर लन्डनकी कल्चर सेक्रेटरी हुन् भने क्याडेन्जा युकेको महिला संयोजकसमेत रहेर कार्य गरिरहेकी छिन् ।

सन् १९९८ मा ब्रुनाईमा भएको ‘महिला प्रतिभा’ प्रतियोगितामा फस्ट रनर अप बनेकी उनले आफ्नो रचना र आवाजमा एउटा एल्बम पनि निकाली सकेकी छिन् । उनले आफ्नै कथा तथा निर्देशनमा ३ वटा नाटक बेलायतको रंगमञ्चमा मन्चन भइसकेक छन् । उनी सन् २०१७ की मिसेस ट्यालेन्ट पनि हुन् ।

महिलाम संयोजकको पदका लागि हालसम्म तीन जना उम्मेदवार मैदानमा खडा भएको सन्दर्भमा जित कसले हासिल गर्ने हो त्यो भने अझै केही समय कुर्नुपर्नेछ।

[democracy id=”10″]


यो पनि पढ्नुहोस्

यी हुन् एनआरएन युकेको उपाध्यक्ष पदका उम्मेदवार
के एनआरएन युकेको नेतृत्वमा सहमति हुन्छ ?